काठमाडौं – ललितपुरको लगनखेलमा आयोजित कम्युनिष्ट गठबन्धनको चुनावी सभा नजिकै विष्फोट भएको छ ।


ADVERTISEMENT


नेकपा एमालेका अध्यक्ष केपी ओली मञ्चमा उक्लिनेबित्तिकै विष्फोटको आवाज आएको थियो । विष्फोटपछि सभामा केहीबेर तनाव उत्पन्न भए पनि केही बेरमा स्थिति सामान्य भएको  छ ।


ADVERTISEMENT

# # #


उद्घोषकले टायर पड्किएको भने पनि आवाज निकै ठूलो भएकाले सामान्य खालको बम नै हुन सक्ने सभास्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन् ।

सभामा ओली बोलिरहेका छन् । ‘बम पड्किरहन्छ, हामी अगाडि बढ्न्पर्छ’ भन्दै ओलीले कसैले तर्साएर आफूहरु नतर्सिने बताए ।