काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन) लाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् ।


ADVERTISEMENT


नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


यसअघिका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा उनी माओवादी केन्द्रको कोटामा सदस्य बनेका हुन् । दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन् ।