काठमाडौँ – निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू भएको छ ।


ADVERTISEMENT


आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै आचार संहिता लागू भएको घोषणा गरेको हो । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो ।


ADVERTISEMENT

# # #


आचारसंहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि नपाउने र दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले जनाएको छ । झोला, टिसर्ट, क्याज जस्ता सामाग्री नछाप्न पनि दलहरुको ध्यानाकर्षण गराएको छ ।

आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले व्यवस्थित र मर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न कुनै रोकावट नरहेको जानकारी दिए ।

आचारसंहिता कार्यान्वयन गर्नु सवैको कतव्र्य भएको भन्दै आचारसंहिता नमान्नेलाई कानुनबमोजिम कारवाही हुने उनले बताए । थपलियाले आफ्नो प्रचार गर्नबाहेक सार्वजनिक स्रोत साधनको प्रयोग गरेर प्रचार प्रसार गर्न नपाईने र उम्मेद्वारी घोषणा गर्दा सार्वजनिक पद धारण लगाएका बिषयमा ध्यान दिन सुझाव दिए ।

आयोगले आचारसंहिताको प्रभावकारिताका बारेमा प्रश्न उठाउन नदिने प्रतिवद्धता जनाए ।