काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनादेशको दूरुपयोग गर्नेहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई दिएको जनमतको दूरुपयोग भएको भन्दै उनीहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको उनले बताए ।

उनले भने, ‘मैँले पार्टी एकताको भावनाले प्रचण्ड र माधव नेपाललाई बहुमत दिएको छ, मलाई सिध्याउनका लागि । कस्ता भस्मासुर । मैँले नै वरदान दिएँ, मेरै टाउकामा हात राख्न ल्याउँछन् ।’

आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन उनले माधव नेपाललाई चूनौती दिए । उनले भने, ‘माधव नेपाल २२–२३ सिट ल्याउने हुती भएका मान्छे हुन् आफ्नो नेतृत्वमा ? अब ३ सिट ल्याएर देखाउन् ।’

त्यस्तै उनले ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको वास्तविक जनमत वैशाख ३० पछि मात्र प्रकट हुने धारणा राखे ।

उनले एमाले सरकारले नै कोरोना उपचारका लागि प्रयाप्त पूर्वाधार तयार रहेको बताए ।