काठमाडौँ– निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको जनाएको छ ।


ADVERTISEMENT


अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, कुल दुई हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका नौ, भोजपुरका छ, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका एक स्थलको मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा रहेका छन् ।

छवटै जिल्लाका बाँकी मतपेटिकालाई पैदलमार्ग, सडकमार्ग र हवाईमार्गबाट ल्याउने काम भइरहेको आयोगले जनाएको छ ।