काठमाण्डौं-नवलपुरको कावासोतीमा सोमबार राति भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


कावासोती–१७, गोछडास्थित भित्रि सडकमा ना ४१ प ७०५२ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटरमा सवार मध्यविन्दु नगरपालिका–३ का २३ वर्षीय सञ्जय महत्तोको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार गम्भीर घाइते महत्तोको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो ।

स्कुटर चालक २३ वर्षीय गौरव महत्तोको अवस्था गम्भीर छ । गौरवलाई थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।