काठमाडौं – चीनको सांघाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरिएको छ । सांघाइमा कोभिडका बिरामीहरू ह्वात्तै बढेपछि प्रशासनले यस्तो निर्णय लिएको हो ।


ADVERTISEMENT


निषेधाज्ञाबाट सहरका साढे २ करोड जनसंख्या प्रभावित भएका छन् । महत्त्वपूर्ण वित्तीय हव सांघाईमा पछिल्लो एक महिनादेखि संक्रमण बढिरहेको छ । यहाँ दैनिक १३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT

# # #


कोभिड संक्रमण बढेपछि केही दिनअघि पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो । तर, अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।