काठमाडौँ– अभिनेता पल(पुर्णविक्रम) शाहलाई थुनछेक मुद्दाका लागि नवलपुर झिकाइएको छ ।


ADVERTISEMENT


नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, थुनछेक मुद्दाका लागि शाहलाई नवलपुर पठाइदिन भन्दै नवलपुर जिल्ला अदालतले सोमबार तनहुँ प्रहरी प्रशशनलाई पत्राचार गरेको थियो । अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका शाहमाथि नाबालिग किशोरीलाई विभिन्न प्रलोभनमा पारी करणी गरेको आरोप छ ।

उनीविरुद्ध जिल्ला अदालत नवलपुरमा गत चैत ३ गते मुद्दा दर्ता भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुरमा मुद्दा दायर भएको थियो ।