काठमाडौँ– एएफसी फुटसल एसियन कप छनोट खेल्ने नेपाली फुटसल टोलीलाई बिदाइ गरिएको छ ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार फुटसल टोलीलाई बिदाइ गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले नेपाली टोलीलाई बिदाई गरेका हुन् ।


ADVERTISEMENT

# # #


छनोटका लागि मुख्य प्रशिक्षक गौरव बस्नेतले १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । विदाई कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गरे । उनले फुटसललाई व्यवस्थीत गर्दै लैजाने जानकारी दिए ।

किर्गिस्तानमा आयोजना हुने छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।