काठमाडौँ– नेपाल–भारतको नवौँ लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक सम्पन्न भएको छ ।


ADVERTISEMENT


सोमबार मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गत निर्माण भएका सबस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्घाटन पश्चात् मंगलबार काठमाडौँमा एक समारोहबीच सो बैठक सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


उक्त बैठकमा भारतीय सहकार्यमा नेपालमा निर्माणधीन अवस्थामा रहेको परियोजनाका प्रगती विवरण, कार्यान्वयनको थप स्निश्चितता र एलओसी अन्तर्गका रकमको थप प्रभावकारी उपयोगबारे छलफल गरिएको थियो ।

बैठकमा नेपालका तर्फबाट अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाखाका सह–सचिव ईश्वरी प्रसाद अर्यालले गरेका थिए भने, भारतका तर्फबाट भारतीय विदेश मन्त्रालयका सह–सचिव (विकास साझेदारी प्रशासन) श्रीधरण मधुसूधननले सहभागिता जनाएका थिए ।

यस्तै, बैठकको भोलिपल्ट (चैत्र १६) एक्जिम बैंकले एक कार्यशालाको आयोजना समेत गरेको छ । जहाँ एलओसी परियोजनाका ठेकेदार र परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरुबीच छलफल गरिएको थियो ।