काठमाडौँ – प्रहरीले २६ लाख १५ हजार रुपैयाँ नगदसहित दुई युवलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या–२ का शिव विष्ट र राजकुमार श्रेष्ठ रहेका छन् । रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनीहरुलाई काठमाडौँको गल्कोपाखाबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले हुण्डीमार्फत ४ करोड राजश्व छलेको पाइएको छ ।

पक्राउ परेका दुवैलाई र आवाश्यक कारवाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको महानगरीय प्रहरी बृत सोह्रखुट्टेका डिएसपी दीपक पोखरेलले बताए ।

प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।