काठमाडौँ – नेपाली कांग्रेसले आगामी स्थानीय तहमा चुनावी तालमेल गर्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।


ADVERTISEMENT


बैठकका निर्णय सुनाउँदै प्रवक्ता डा. महतले आगामी निर्वाचनमा अहिलेको गठबन्धनका दलहरुसँग स्थानीय परिस्थिति र आवश्यकता अनुसार ताललेम गर्ने बताए । उनले भने, ‘गठबन्धनबारे पार्टीले नीतिगत निर्णय गरेको छ । यसमा हामीले स्पष्ट के भनेका छौँ भने स्थानीय परिस्थिति र आवश्यकता अनुसार हामीले गठबन्धन गरेका जुन दलहरु छन् उनीहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो’


ADVERTISEMENT

# # #


उनले व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पार्टीले केन्द्र, प्रदेश, जिल्ला, क्षेत्रीय तहमा संयन्त्र बन्ने र सम्बन्धित गठबन्धनमा रहेका दलहरुको शक्तिका आधारमा समझदारी विकसित गर्ने बताए ।

केन्द्रीय संयन्त्रले आवश्यक निर्देशन लगायतका विस्तृतमा अध्ययन गरेर पछि गठबन्धन प्रक्रियालाई व्यवहारिक बनाउने बताए । उनले विधानको प्रक्रिया र व्यवस्था अनुसार नै प्रत्यायोजित अधिकारक्षेत्र अनुुसार नै निर्णय हुने प्रवक्ता डा. महतले बताए ।

उनले भने, ‘हाम्रो संयन्त्रले कहाँ के आवश्यकता छ, कुन दलको के माग छ, त्यो उचित छ छैन, त्यसको निर्क्यौल गरेर केन्द्रले आवश्यक समन्वय र निर्देशन गर्छ ।’