काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समिति सभापति लक्ष्मणलाल कर्णले न्यायपरिषद्बाट सर्वोच्चको न्यायधीश पदमा प्रस्तावित श्रेष्ठको नाममा आवश्यक संसदीय सुनुवाई गरी सर्वसम्मतिले अनुमोदन गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यसअघि संसदीय सुनुवाइका क्रममा न्यायाधीशमा सिफारिस श्रेष्ठले यसअघि आफुले गरेको सुधारका प्रयास र भावी योजनाका विषयमा समितिमा जानकारी गराएका थिए । उनले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँदै जनताको आस्था र विश्वास बढाउने काम गर्ने बताए। न्यायपालिकाले जनआस्था हासिल गर्न नसकेको भनदै उनले मुद्दाको फैसला र कार्यान्वयनमा जोड दिए ।

न्याय परिषद्ले श्रेष्ठको नाम सर्वोच्च अदालतको न्यायधीश पदमा सिफरिस गरी संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो ।