काठमाडौ– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन् । काठमाडौमा भएको कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसको पक्षमा लहर आएको दाबी गर्दै निर्वाचनपछि कांग्रेस ठूलो दल बन्ने बताएका हुन् ।


ADVERTISEMENT


यस पटकको चुनावमा कांग्रेस एकतावद्ध भएर लागेको बताउँदै कोइरालाले पार्टीमा एकताको सन्देश दिन सफल भएको जिकिर पनि गरे ।चुनावपछि सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा आफूमध्ये जसले पनि गर्नसक्ने कोइरालाले बताए ।


ADVERTISEMENT

# # #


उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढि रहेको पनि बताएका छन् । उनले भने – ‘प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक होे, प्रक्रिया पु¥याएर प्रधानमन्त्री को बन्ने भन्ने टुङ्गो लगाइन्छ ।

’नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत बनेका कोइरालाले जिल्लाको विकासका लागि प्रतिवद्धता जनाउदै उनले सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा लाग्ने पनि बताए ।