काठमाडौँ– पहिलो चरण अन्तर्गत ३२ जिल्लामा आज भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा औसत ६५ प्रतिशत मतदान भएको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलूकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ । यस अघिको स्थानीय तहको निर्वाचनमा पनि बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको थियो ।


ADVERTISEMENT

# # #


निर्वाचन अायोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका अाज (अाइतबार)नै जिल्ला सदरमुकाम ल्याइने बताएको छ । उच्च हिमाली र बिकट क्षेत्रका मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइने छ ।

मुलूकभरबाट मतदानको विस्तृत विवरण आउनेक्रम जारी रहेको छ। उच्च पहाडी र हिमाली जिल्लामा आज पहिलो चरणमा निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

पहिलो चरणको निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा अन्तर्गतका १११ पदका लागि ७०२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । जसमध्ये ५९१ जनाले पराजय भोग्नुपर्ने छ ।