काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको एजेण्डाका साथ निर्वाचन केन्द्रीत भएर गाँउ गाँउमा जान निर्देशन दिएका हुन् । बैठकमा ओलीले स्थानीय तहको चुनावमा ६५ देखि ७० प्रतिशत सिटमा जित हासिल हुने दाबी गरेका थिए । एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने अध्यक्ष ओलीले बताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेताजस्तो नभई कार्यकर्ताजस्तो भएर र जनतासंग नङ मासुको सम्बन्धजस्तै बनाएर जनतामाझ जान ओलीले निर्देशन दिएको उनले बताए । त्यस्तै संसदको अधिवेशनमा सत्तारुढ गठबन्धनले आफ्नो उदेश्यमात्र पुरा गरेको र जनताको समस्याका बारेमा छलफल गर्न गठबन्धन र सभामुखले कुनै प्रयास नगरेको निष्कर्ष निकालेको भट्टराईले जानकारी दिए । त्यस्तै उनले संसद अधिवेशन अन्त्य गरेर प्रधानन्यायधिशमाथिको महाभियोग पास गर्ने नियतले नल्याएको पुष्टि भएको उनले बताए ।

बैठकमा अध्यक्ष ओलीले सरकारको गलत कामको भण्डाफोर गर्न पनि निर्देशन दिएको भट्टराईले बताए । त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा राम्रो काम गरेकालाई प्राथमिकता दिने समेत बताएका थिए ।