काठमाडौँ– नेपाल र साउदी अरवबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।

साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका थिए ।