काठमाण्डौं-चुनाव प्रचारमा गएका कांग्रेस उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । त्यहाँ मानवीय क्षति भने भएको छैन ।


ADVERTISEMENT


महेन्द्रराजमार्गको चोरमाराबाट पहाडी बुँदीकाली गाउँपालिकामा शनिबार बिहान गएका पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार विष्णु कार्की र प्रदेशसभाका उम्मेदवार विष्णु लामिछाने चढेको जिपलाई लक्षित गरेर पहाडी मार्गको झिरुभञ्याङ भन्ने स्थलमा शनिबार बिहान साढे ९ बजे शक्तिशाली बम विस्फोट गराइएको हो ।


ADVERTISEMENT

# # #


विस्फोट हुँदा जिप अगाडि कटिसकेकाले (छलिएको) कसैलाई पनि नलागेको र सुरक्षित रहेको उम्मेवारसँगै रहेका बोमलाल थापाले टेलिफोनमा बताए । विस्फोट भएको इलाका प्रहरी कार्यालय रुद्रपुरगढीबाट ३ किलोकिटर पश्चिम पर्दछ । विस्फोट भएको स्थल महेन्द्र राजमार्गबाट १६ किलोमिटर उत्तर कच्ची सडकमा पर्दछ ।

कांग्रेसका उम्मेदवारसहित ३ वटा जिपमा कार्यकर्ता पहाडी गाउँमा प्रचारमा गएका थिए । पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले उम्मेदवारलाई लक्षित गरेर बम फालिएको खबर आएको र घटनास्थलमा प्रहरी पुगेको जानकारी दिए । उनले पहाडमा लुकेर बसेकाहरुले घटना गराएर भागेको हुनसक्ने बताए ।