काठमाडौं – नेपाल खेलकुद महासंघ दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक आइतबार काठमाडौंमा सम्पन्न भयो । बैठक नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष  पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।


ADVERTISEMENT


कार्यक्रममा अध्यक्ष  बस्नेतले नेकोस राष्ट्रिय खेल संघका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै सपथ ग्रहणसमेत गराए ।


ADVERTISEMENT

# # #


बैठकको प्रमुख अतिथिका रुपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्युरो सदस्य एवं खेलकुद महासंघका ईन्चार्ज कमरेड गोकुल बाँस्कोटा एवं विशिस्ट अतिथिका रुपमा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवं खेलकुद महासंघका सह ईन्चार्ज कमरेड रमेश पौडेल  रहेका थिए ।

बैठकको उद्देश्य संगठनका विभिन्न एजेन्डामा छ्लफल गर्नुका साथै संघको भावी एजेन्डा तय गर्नु रहेको कार्यक्रममा अध्यक्ष  बस्नेतले बताए । बैठक सन्चालन कार्यबिधि २०७८ पास गर्दै सबै आयोजक कमिटीका सदस्यहरुलाई सपथ गराउँदै कार्यविभाजनसहित

बैठकले  बैठक सञ्चालन कार्यविधि २०७८ सम्बन्धमा, सपथ ग्रहण सम्बन्धमा, रिपोर्टिङ तथा समीक्षा सम्बन्धमा, कार्यविभाजन तथा सचिवालय निर्माण सम्बन्धमा, स्थानीय तहको निर्वाचन परिचालन सम्बन्धमा, राष्ट्रिय खेलसंघ गठन सम्बन्धमा, जिल्ला अधिवेशनका सम्बन्धमा, बैंक खाता सञ्चालन तथा आर्थिक सम्बन्धमा, बिशेष प्रस्ताव सम्बन्धमा, र विविध सम्बन्धमा छलफल गर्ने निर्णय प्रस्ताव  गरेको थियो ।

यी प्रस्तावहरुमा छलफल गर्दै बिशेष प्रस्ताव सहित स्थानीय तहको निर्बाचनलाई सफल बनाउन महासंघले स्थानीय निर्बाचन परिचालन अभियानको संयोजक निवर्तमान उपमहासचिव आयोजक कमिटीका सदस्य धरमबाहादुर लामाको नेतृत्वमा सबै प्रदेशका अध्यक्षहरु खेल संघका अध्यक्ष जिल्ला र पालिकाका अध्यक्षहरु सदस्य रहने गरी १००१ सद्स्यीय निर्वाचन परिचालन अभियान घोषणा गरेको छ ।

कार्यबिभाजनको अधिकार संयोजकलाई दिइएको छ ।  साथै कार्यविभाजन लगायत विषय आवश्यक परामर्श गरेर टुङ्ग्याउन संयोजकलाई बैठकले अधिकार प्रत्यायोजन गरेको छ ।  साथै बृहत् खेल महोत्सव काठमाडौंमा सम्पन्न गर्नेसमेत  सर्वसहमतिले गर्ने निर्णय गरेको छ ।

यस्ता छन् बैठकका निर्णयहरु