भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका-७ मा महिलाको शव फेला परेको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमवार बेलुका चाँगुनारायणको बागरेमा तरकारी खेती गर्न बनाइएको टिनको कच्ची टहराभित्र पहिचान नखुलेको महिलाको शव फेला परेको हो ।


ADVERTISEMENT

# # #


घाँटीको अगाडि भाग र शरीरका अन्य भागमा पनि गहिरो चोट लागेको अवस्थामा शव फेला परेको प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

पोष्टमार्टमको लागि शव केएमसी अस्पताल दुवाकोटमा लगिएको प्रहरीले जनाएको छ ।