काठमाण्डौं-आसन्न प्रदेशसभा र प्रतिनिसिभा निर्वाचनको मौन अवधि जारी रहदाँ धादिङमा हिंसात्मक घटना सुरु भएका छन् ।


ADVERTISEMENT


नेपाली कांङग्रेस धुवाँकोट गाउँ समितिका संयोजक सन्तोष बस्ताकोटीमाथि शुक्रबार बिहान आक्रमण भएको छ । कांग्रेसका धुवाँकोटको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका बस्ताकोटीलाई शुक्रबार बिहान पौने ६ बजे घरमै आक्रमण भएको उनका परिवारले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


नीलकण्ठ नगरपालिका १४ धुवाँकोटटार निवासी २६ वर्षीय बस्ताकोटीलाई ९ जनाको समूहमा अहाएका व्यक्तिले खुकुरी, रड लगायतका हतियारबाट आक्रमण गरेको परिवार जनले बताएका छन् ।

आक्रमणबाट बस्ताकोटीको टाउकोको दाँया भाग र दुवै खुट्टामा गहिरो चोट लागेको छ । उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश धमलाले बताए ।

कांग्रेस धादिङले धुवाकोटका एमाले नेताहरुको निर्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएको छ । निर्वाचन नजिकिदै जाँदा मतदातालाई त्रसित बनाउने उद्देश्यले आक्रमण भएकाल भन्दै संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।