काठमाण्डौं-प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप परेको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुगम क्षेत्रको आन्तरिक उडानमा १५ प्रतिशतसम्म चाप बढेको छ ।


ADVERTISEMENT


‘सुगममा उडान भर्ने सबै एयरलाइन्स कम्पनीले पहिलाभन्दा बढी उडान तालिका राखेका छन्, विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले भने, ‘ निर्वाचनका लागि उपत्यकाबाहिर जाने यात्रुको संख्या बढेसँगै एयरलाइन्स कम्पनीले उडान तालिकासमेत बढाएका छन् ।


ADVERTISEMENT

# # #


पर्यटकीय सिजन अफ हुन लागिसकेको अवस्थामा पनि नजिकिँदै गरेको निर्वाचनले विमानस्थलमा चाप बढेको उनले बताए । सामान्य अवस्थामा त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सय ५० वटा उडान तथा अवतरण हुने गरे पनि अहिले त्यो बढेर चार सय ५० सम्म पुग्ने गरेको छ ।

निर्वाचनले आन्तरिक उडानमा ३० देखि ३५ प्रतिशतसम्म यात्रु बढेको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापा बताउँछन्।

‘नारायणगढ-मुग्लिङ सडकखण्डमा देखिएको समस्याकै कारण भरतपुरको उडानमा सबैभन्दा बढी चाप छ, उनले भने, ‘भरतपुरको उडानमा प्रायः सबै एयरलाइन्सको शतप्रतिशत अकुपेन्सी छ । भरतपुर जान चाहने यात्रुले तीन-चार दिनअगावै टिकट लिनुपर्ने अवस्था आएको थापा बताउँछन् ।

मुस्ताङ घुमेर आउने पर्यटकका कारण पोखरा-काठमाडौं रुटमा पनि यात्रुको चाप बढे पनि काठमाडौं-पोखरामा भने खासै चाप नदेखिएको थापा बताउँछन् । सिम्रिक एयरलाइन्सले पोखरा, भैरहवा र भरतपुरमा दैनिक उडान गर्दै आएको छ।