काठमाडौं – यति एयरलाइन्स’ को २०औँ वार्षिक उत्सव भन्दै सामाजिक सञ्जालमा स्क्याम भएको छ । कम्पनीको  २० औँ वार्षिक उत्सवको नाममा यस्तो स्क्याम लिंक सामाजिक सञ्जालमा छाएको हो ।


ADVERTISEMENT


आज विहानदेखि नै नेपालको निजी आन्तरिक वायुसेवा कम्पनी ‘यति एयरलाइन्स’ को २०औँ वार्षिक उत्सवको नाममा स्क्याम लिंक सामाजिक सञ्जाल भरि नै आइरहेको छ । कम्पनीले यसबारे सचेत रहन आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


यति एयरलाइन्सको २०औँ वार्षिक उत्सवको अवसरमा उपहार भन्दै साथीहरूको माध्यमबाट फेसबुको इनबक्समा लिंक आइरहेको छ ।

जबकि यति एयरलाइन्सले गत वर्षमात्रै आफ्नो २३औँ वार्षिक उत्सव मनाएको थियो । यसरी आउने लिंकमा ५००० रुपैयाँसम्म जित्ने मौका भनेर म्यासेज लेखिएको छ ।

यस्तो लिंकमा क्लिक गर्दा आफ्नो अकाउन्ट ह्याक हुनसक्ने लगायतका समस्या आउन सक्छ । कम्पनीले भने यो फेक म्यासेज भएका कारण यस्तो प्रकारको कुनै पनि लिंकमा क्लिक नगर्न र रकम जित्ने आशामा यो म्यासेज कसैलाई पनि फर्वार्ड नगर्न आग्रह गरेको छ ।

‘कोही ह्याकरले गलत नियतवश यस्तो लिंक फैलाउन खोजेको छ । कम्पनीले यस्तो कुनै पनि प्रकारको लिंक कसैलाई शेयर नगर्न पनि भनेको छ । हामीले यस्तो प्रकारको कुनै म्यासेज पनि फर्वार्ड गरेका छौं । सम्बन्धित सबैलाई यस्तो लिंकमा क्लिक नगर्न आग्रह गर्दछौं,’ कम्पनीका प्रवक्ता सुरदर्शन बर्तौलाले भने ।