काठमाण्डौं-पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले प्रसारप्रसार गर्ने अवधि बिहीबारबाट समाप्त भएको छ ।


ADVERTISEMENT


आयोगका प्रवक्ता नवराज ढकालले राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रअनुसार मतदातासँग मत माग्ने अवधि सकिएकाले अब मतदाताले मौन अवधिमा कुन राजनीतिक दल र उम्मेदवारलाई मत दिने भनेर निर्णय गर्ने समय सुरु भएको बताए ।


ADVERTISEMENT

# # #


प्रवक्ता ढकालले निर्वाचनको मौन अवधि सुरु भएकाले अब उम्मेदवार आफैँ वा अरू कसैले पनि कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन र आचारसंहिताविपरीत कसैले निर्वाचन प्रसारप्रसार गरेमा वा मतदातालाई प्रभाव पार्ने कार्य भएमा निर्वाचन ऐनअनुसार आवश्यक कारबाही हुने बताए ।

यसैगरी उपदफा ६ मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न नहुने उल्लेख छ । यस्तो कार्य गरेको पाइएमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले ठाउँका ठाउँ २५ रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको जानकारी आयोगले दिएको छ ।