काठमाडौँ– एकीकृत राप्रपा (राष्ट्रबादी)का अध्यक्ष डा प्रकशचन्द्र लोहनीले भारतीय धर्म गुरु दलाइ लामाले गौतम बुद्ध भारतीय भएको र उनलाई नेपाली भन्नु वाहियात हो भनेर दिएको अभिव्यक्ति तत्काल सच्चाउन चेतावनी दिएका छन् ।


ADVERTISEMENT


बुद्ध जन्मेको स्थान नेपालको लुिम्वनी भएको भन्दै लोहनीले विश्वले गौतम बुद्ध नेपालमा जन्मेको भनिरहेका बेला लामाले दिएको अभिव्यक्ति दुर्भाग्यपुर्ण भएको पनि जनाएका छन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष लोहनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै लामाको उक्त अभिव्यक्तिले ३ करोड नेपालीलाई चोट पुगेकाले गल्ती सुधार्न सुझाव दिएका छन् । केही दिनयता लामाले बुद्धप्रति दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।