चरिकोट– नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्किृय पारेको छ ।


ADVERTISEMENT


सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका ६ को वडा कार्यालयको गेटमा राखिएको उक्त बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलिले निष्किृय पारेको हो ।


ADVERTISEMENT

# # #


सकेट बम राखिएको स्थानमा कांग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई कोंग्रेस केन्द्रिय सदस्य तथ प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम थियो ।

स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि खबर गरेका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताए ।