काठमाण्डौं-सरकारले चालु आर्थिक वर्षभित्र अञ्चलस्तरीय वा सो भन्दा माथिका अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष एन।आई।सि।यु सेवा विस्तार गर्ने भएको छ ।


ADVERTISEMENT


हाल यो सेवा राजधानीको कान्तिबाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालमा मात्रै सञ्चालन छ । राजधानी बाहिर भने चितवनको भरतपुर अस्पतालमा मात्र यो सेवा उपलब्ध रहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


अबको तीन महिनाभित्रमा सेवा विस्तार गर्ने गरी आन्तरिक गृहकार्यमा जुटेको महाशाखा अन्तर्गतको नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम प्रमुख पर्शुराम श्रेष्ठले बताए ।

करीब १२ वटा अस्पतालमा एनआईसियु सेवा विस्तार गर्ने सरकारको योजना छ । श्रेष्ठका अनुसार चालु आर्थिक वषमै १२ बढी अस्पतालमा एनआईसीयु सेवा विस्तार गर्ने महाशाखाको तयारी छ ।

सरकारले यसअघि नै सुरु गरिसकेको नवजात शिशु विशेष उपचार कक्ष एसएनसियु सेवा पनि प्रभावकारी रुपमा सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिए । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको एक तथ्याङ्क अनुसार प्रत्येक हजार जीवित शिशुमध्ये २१ जनाको पहिलो महिनाभित्र, ३२ को एक वर्षभित्र र ३९ जनाको पाँच वर्षभित्र मृत्यु हुने गरेको छ ।

सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रति हजारमा १२ भन्दा कममा झार्ने सरकारी लक्ष्य छ ।