काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक निस्कर्षमा नपुगी बैठक सकिएको छ।


ADVERTISEMENT


शुक्रवार अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षबिना नै टुङ्गिएको हो ।


ADVERTISEMENT

# # #


उक्त बैठक छलफल एवम् निस्कर्षका लागि पुनः ८ गते बस्ने तयारी भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवाले आजै एमसीसी पास गर्ने प्रस्ताव गरेपनि शनिवार आफ्नो(एकीकृत समाजवादि) पार्टीको स्थायी कमिटी बैठक सकेर आइतबारका लागि अर्काे बैठक तय गरिएको अध्यक्ष नेपालले बताए ।

सत्तारुढ गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादी यथास्थितिमै एमसीसी पास गर्न नहुनेमा अडिग रहदै आएका छन् । यद्यपि प्रधानमन्त्री देउवा भने जतिसक्यो चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन्।