काठमाण्डौं-अनियमित रुपबाट कर मिनाह गरेको आरोप लागेका कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल जनही १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।


ADVERTISEMENT


आर्थिक अनियमितताको आरोप लागेका उनीहरुसंग विशेष अदालतले थुनछेक बहस गर्दै हिजो धरौटी माग गरेको थियो । धरौटीमा बुझाउन नसकेपछि उनीहरुलाई एक दिन कारागार बसाईपछि हिजो धरौटी बुझाएर रिहा भएका हुन् ।


ADVERTISEMENT

# # #


 

महत र ढकाल अब नियमित पेशीका लागि अदालत उपस्थित हुने र दुवै पक्षको बहसपछि अन्तिम फैसला हुने विशेषका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धानले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मासहित महत र ढकालविरुद्ध १० अर्ब २ करोड विगो माग दावी सहित विशेषमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । स

र्वोच्च अदालतको आदेशमा साधारण तारेखमा छुटेका शर्मा भने बिशेष अदालत उपस्थित नभएपछि कानुनी प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

कर निर्धारणमा अनियमितता गरेको भन्दै राजस्व विभागका महानिर्देशक चूडमणि शर्मालाई गत जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो ।

महत र ढकाल भने फरार भएका थिए । अख्तियारले डेढ महिना लामो अनुसन्धानपछि शर्मालाई साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा आयोगका पदाधिकारीविरुद्ध १० अर्ब दुई करोड बिगो दाबी गरिएको थियो ।

अख्तियारले बिभिन्न व्यापारिक फर्मलाई अर्ब रुपैयाँ छुट दिएको विषयमा शर्मालगायत व्यक्तिमाथि परेको उजुरीको आधारमा छानबिन गरेको थियो ।

२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फस्र्र्याट आयोग गठन गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए ।