ललितपुर– ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल १६ वर्षमा प्रवेश गरेको छ। वि.सं २०६२ साल फागुनदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएको अस्पताल मंगले १५औँ वसन्त पूरा गरेर १६ औँ वर्षमा प्रवेश गरेको हो ।


ADVERTISEMENT


उक्त अवसरमा अस्पतलाले सर्वसाधारणका निमित्त आइभिएफमा ओपिडी निशुल्क सञ्चालन गरेको छ । उक्त सेवा फागुन ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ । यसबाहेक अस्पतालले आइभिएफ टेष्टमा २० प्रतिशत छुट तथा आइभिएफ र आइयुआइमा विशेष सहुलियत दिइने भएको छ ।


ADVERTISEMENT

# # #


सय शय्याको रहेको अल्काले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको हो । यससंगै १६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

१६ वर्षअघि ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित आफुले अस्पताल सञ्चालन गरेको स्मरण गर्दे अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले भने, ‘स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनका लागि अनुमति दिएको थियो। हामीलाई विश्वास गरेर यहाँसम्म पुर्‍याइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौ । ’

अस्पतालप्रति सेवाग्राहीले गरेको विश्वासका साथै अस्पतालका चिकित्सक र कर्मचारीहरुको लगावलाई आफूले सधै सम्झिरहने अध्यक्ष थापाले बताए । यस्तै, सेवाग्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पतालले अझ सेवा थप र विस्तार गर्न लागेको अस्पतालकी कार्यकारी निर्देशक बिद्या थापा श्रेष्ठले बताइन् ।

अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिदैँ आइरहेको छ। अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ। यसका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पुर्ण परीक्षण पनि अस्पतालमा हुदैँ आएको छ।

नशा सम्बन्धि, बाथ रोग सम्बन्धि, यौन तथा छालारोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिने सेवामा पनि अल्का अगाडी छ।