काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय बैठक बोलाएको छ । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।


ADVERTISEMENT


सत्तारुढ गठबन्धनले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएसँगै एमालेले संसदीय दलको बैठक बोलाएको हो ।


ADVERTISEMENT

# # #


बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावबारे निर्णय गर्नसक्ने बताइएको छ । यस्तै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याउनेबारे छलफल गर्नसक्ने अड्कल काटिएको छ ।