काठमाडौँ – नेकपा एमाले का अध्यक्ष केपी शर्माओलीले आफ्नो पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले अहिले एमालेको वर्चश्व गठबन्धनलाई विझाइराखेको बताउँदै उनले गठबन्धनलाई आगामी निर्वाचनको परिणामपछि लुक्ने ठाउँ खोज्न समेत सुझाएका छन् ।


ADVERTISEMENT

# # #


‘अहिले हामीले ४१.२८ प्रतिशत त्यतिबेला जितेकै यिनीहरुलाई पचिराखेको छैन भने अब आउँदो निर्वाचनमा हामी बहुमत जित्छौँ । के गर्लान् विचराहरु ।’ उनले भने, ‘म भन्दिन चाहन्छु, भाग्ने, उम्किने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि आगामी निर्वाचनमा हामीले बहुमत प्राप्त गर्नेछौँ ।’

उनले गठबन्धनलाई नतोडेर नै एमालेले एक्लै बहुमत ल्याउने उनले दाबी गरे । अध्यक्ष ओलीले भने, ‘यो गठबन्धन तोडेर होइन गठबन्धन कायमै राखेर, गठबन्धनसँग लडेर हामी बहुमत प्राप्त गर्छौं भन्ने कुरा म अहिले नै भन्दिन चाहन्छु ।’

एमालेले निर्वाचनबाट कसैलाई भाग्न नदिने बताउँदै उनले अबका निर्वाचन बत्ती निभाएर, मतपत्र च्यातेर जित्ने सपना नदेख्न समेत चेतावनी दिए ।