काठमाडौँ– देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले तेस्रो मुलुकमा स्वदेशी उत्पादन निर्यात थालेको छ ।


ADVERTISEMENT


नेपालको औद्योगिक क्षेत्रमा पहिलो पटक इतिहास रच्दै कम्पनीले तेस्रो मुलुकमा पनि आफ्ना उत्पादित सामाग्रीहरु निर्यात गर्न थालेको हो ।


ADVERTISEMENT

# # #


नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको हो । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका सो उत्पादनहरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति माग सहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ ।

जगदम्बा स्टील नेपालको अग्रणी र सबैभन्दा ठूलो स्टील उत्पादन कम्पनी हो। आफ्ना उत्पादन सेवा देशभर प्रवाह गर्दे आएको कम्पनीले हाल विदेशमा समेत निर्यात थालेको हो । उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिबद्धतालाई पहिलो प्राथमिकतामा राख्दै आएको कम्पनीयो अवसरले कम्पनी मात्रै नभई देशकै अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पार्नेमा विश्वस्त छ ।

यसै सन्दर्भमा बोल्दै शंकर गु्रपका अध्यक्ष शंकर लाल अग्रवाल भन्छन्, ‘गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्ट मार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाँका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ ।’

यस्तै, आगामी दिनमा गुणस्तरसंगै उत्पादनलाई अझै सशक्त बनाउँदै उपभोक्तामाँझ पस्कदैँ जाने अध्यक्ष अग्रवालले बताए ।