काठमाडौँ – नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ६ हजार ४ सय ४३ पीसीआर परीक्षणका क्रममा १ हजार १ सय ८३ जना र २ हजार ८ सय ८ एन्टीजेन परीक्षणका क्रममा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय १४ जना निको भएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ८ हजार ७ सय ४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ९ हजार ३ सय ४३ जना निको भएका छन् । हाल नेपालमा ४५ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् ।