वाग्मती – वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार यातायात व्यवस्था कार्यालय गुर्जुधाराको अनुगमन गर्दै उनले कर्मचारीले नै बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाए जनताको सास्ती हट्ने समेत बताए । छिटो काम गर्नका लागि सर्वसाधारणहरुले बाध्य भएर बिचौलियाको साहारा लिने गरेको भन्दै मन्त्री दाहालले उनीहरुलाई कार्यालय प्रवेश गर्न नदिन एवम् कार्यालयमा ढिलासुस्ती हटाउन निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै, उनले कार्यालयको व्यवस्थापनका साथै सुधारका लागि छिटै काम सुरु गर्ने उनले स्पष्ट पारेका छन् । कागजी प्रणालीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने उनको भनाई छ ।

सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुगमन गरेका हुन्। यसअघि मन्त्री दाहालले बिहीबार ललितपुरको एकान्तकुनास्थीत यातायात कार्यालयको अनुगमन गरेका थिए ।