काठमाडौँ– नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ ।


ADVERTISEMENT


जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो ।


ADVERTISEMENT

# # #


नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको जानकारी दिए । दक्षिणकाली नगरपालिका–२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण सङ्घका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामालगायत सङ्घका पदाधिकारीहरुले कपडा र स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रितले खुसी व्यक्त गर्नुभएको थियो । फाउन्डेसन र सङ्घले कुष्ठ प्रभावितलाई निरन्तर सहयोग गरेकामा बिरामी उमाप्रसाद तिवारीले धन्यवाद ज्ञापन गरे । सङ्घका अध्यक्ष लामाले ‘द निप्पोन फाउन्डेसनको सहयोगले जाडो मौसममा केही सहयोग पु¥याउने ध्येयले कुष्ठ प्रभावितलाई सामग्री वितरण गरेको जानकारी दिए ।

जुममार्फत कार्यक्रममा सहभागी भएका फाउन्डेसनका वरिष्ठ निर्देशक सेको मासातोको सहयोग महत्वपूर्ण हुने धारणा छ । रासस