काठमाडौँ – नेपालमा बुधबार ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १३ हजार ५ सय ४९ पीसीआर परीक्षणका क्रममा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० एन्टीजेन परीक्षणका क्रममा २ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ५४ हजार ८८ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ हजार ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३१ हजार ७ सय १२ जना निको भएका छन् । हाल नेपालमा ९० हजार ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।