काठमाडौँ – राष्ट्रियसभाको निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले जित हात पारेको छ । मंगलबार भएको निर्वाचनमा गठबन्धन तीन वटै उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


राष्ट्रियभाका लागि तीन सिट रिक्त रहेको लुम्बिनीमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो । जसअनुसार एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचनमा नेकपा एमालेबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता उठेका थिए ।

लुम्बिनीको अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमाले उम्मेदवारहरुले ३३१२ मतभार मात्रै प्राप्त गरेका छन् । निर्वाचनमा ८१ प्रदेश सभा सदस्य र २१३ स्थानीय तहका मतदाताले भाग लिएका थिए ।