काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष रामचन्द्र जोशीले पद तथा गोपनियताको शपथ लिएका छन् ।


ADVERTISEMENT


शुक्रबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैँकको बैँक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले नवनियुक्त अध्यक्ष जोशीलाई शपथ खुवाएका हुन् ।


ADVERTISEMENT

# # #


शपथग्रहण कार्यक्रममा वित्तीय संस्थाका कम्पनी सचिव दिलिपकुमार श्रेष्ठ र वरिष्ठ विभागीय प्रमुख दीपक पाण्डे समेत उपस्थित थिए ।

माघ ५ गते बसेको छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्षमा नियुक्त गरेको थियो । जोशीले छिमेक लघुवित्तको पूर्वसीईओका रुपमा समेत काम गरिसकेका छन् । नेपालको लघुवित्तको इतिहासमा जोशीको महत्वपूर्ण योगदान रहेको छ ।

उनी लघुपिवत्त क्षेत्रका विज्ञ एवम् अभिभावकका रुपमा समेत चिनिन्छन् ।