काठमाडौँ – गीतकार ज्योती गुरुङको ‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराज राई र गायिका दीपा लामाको स्वर रहेको गीत आज (शुक्रबार) जेजी क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।


ADVERTISEMENT


गीतको भिडियो अभिनेता आर्यन सिग्देल र मोडल निरु कोइरालाले अभिनय गरेका छन् । सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् । राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन र सिमोन तामाङले कलरिङ गरेका छन् ।


ADVERTISEMENT

# # #


बेलायतस्थित स्टुडियो प्लाटफर्म र काठमाडौंको किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा गंगा राज राईकै संगीत रहेको छ । गीतमा राजु कार्कीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङक गरेका हुन् ।

गीतकार गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा, खै कसरी लगायतका गीत बजारमा आइसकेका छन् ।

भिडियो हेर्नुहोस्: