काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले चाहेको उम्मेदवारलाई निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन सुरक्षा निकायलाई पुनः निर्देशन दिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले निर्वाचनविरोधि गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न पनि सुरक्षा निकायलाई सचेत गराए ।


ADVERTISEMENT

# # #


आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधिलाई निरुत्साहित हुने गरी सुरक्षा व्यवस्थालाई सदृढ बनाउन पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।

गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले ‘चेन अफ कमान्ड’ भित्रै रहेर निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउन पनि सचेत गराए ।

प्रधानमन्त्री देउवाले निर्वाचनको सुरक्षा चुनौतिलाई सामना गरेर अघि बढने काममा सुरक्षा निकाय सफल भईरहेको भन्दै खुसी पनि व्यक्त गरे ।