काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोखरेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा पोखरेलले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम नगर्न सरकारलाई सचेत पनि गराए ।


ADVERTISEMENT

# # #


उहाले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए । पोखरेलले आफ्नो पार्टी चुनावको पक्षमा रहेकोले तत्काल निर्वाचन गराउनेगरि वातावरण बनाउनको लागि सरकारलाई दबाब दिने पनि जानकारी दिए ।

कांग्रेसलगायत पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरुले अझैपनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने उनले बताए ।