काठमाडौँ – नेपालमा एकै दिन आज १० हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २५८ जनामा कोरोना देखिएको हो ।


ADVERTISEMENT


देशभर गरिएको १७ हजार ८ सय ७२ पीसीआर परीक्षणका क्रममा ८ हजार ७ सय ३०जना र४ हजार ९ सय ५६ एन्टीजेन परीक्षणका क्रममा १ हजार ५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय २४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ सय ६२ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख १७ हजार ५ सय ४७ जना निको भएका छन् । हाल नेपालमा ३९ हजार ४४ सक्रिय संक्रमित आइशोलेशनमा र एक सय जना क्वारेन्टाइनमा रहेका छन् ।