गण्डकी– गण्डकी प्रदेश सरकारले अन्ततः सार्वाजनिक यातायातको नयाँ मुल्यदर कायम गरेको छ । चालकहरुको माग र पेट्रोलियम पदार्थको मुल्यवृद्धिलाई ध्यानमा राख्दै प्रदेश सरकारले नयाँ यातायात मुल्यदर कायम गरेको हो ।


ADVERTISEMENT


जसमा लामो दूरीमा चल्ने यात्रुबाहक बसमा थप २३.५१ प्रतिशत मुल्य वृद्धि गरेको छ । यस्तै, नगर बस यातायातमा २२.५५ प्रतिशत र ट्रक भाडामा थप १४.५७ प्रतिशत मुल्यवृद्धि गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै, ट्याक्सीको हकमा भने मिटरमा नै चलाउनुपर्ने नियम बनाउँदै शुरुको १५ किलोमिटरको भाडा ८० रुपैयाँ र त्यसपछि प्रति २०० मिटर १० रुपैयाँ तोकेको छ ।