काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना नियन्त्रण र रोकथामका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा विद्यार्थीहरुका लागि लक्षित खोप अभियानको निरिक्षण गर्दै नेता सिंहले अहिले खोपको विकल्प नभएको भन्दै खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका हुन् । उनले अहिलेको अवस्थामा खोप कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित गर्न समेत धारणा राखे ।


ADVERTISEMENT

# # #


कोरोनाविरुद्धको खोपमा सहभागी हुन उनले विद्यार्थीहरुलाई आग्रह पनि गरे ।