काठमाडौं –  कोरोना संक्रमणको तेस्रो लहरको लहरले मुलुकलाई आक्रान्त पारिरहेको बेला सडकमा व्यापार गरी दैनिक गुजारा चलाउनेहरुको अवस्था दयनीय बन्दै गएको छ । राजधानीका सडक किनारामा ब्यापार गर्दै दैनिक जीवन गुजारा गर्नेको संख्या ठुलो छ ।


ADVERTISEMENT


रोजगारीका अभावमा बिभिन्न जिल्लाबाट राजधानी प्रवेश गरेकाहरुले सडक व्यापारलाई आफ्नो पेशा बनाउदै आएका छन् ।


ADVERTISEMENT

# # #


सिन्धुलीबाट काठमाडौ आउनु भएकी रिता तामाङलाई कोरोना संक्रमणले तीव्र रुप लिन थालेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

तामाङले राजधानीमा केही समय यता सडक व्यापार गर्दै आउनु भएको छ । बिहान ९ देखि १२ र बेलुका ६ देखि ८ सम्म गरेको ब्यापारले परिवारको पेट पाल्दै आउनु भएकी तामाङलाई कोरोना संक्रमणपछि लकडाउन हुने हो कि भन्ने चिन्ताले पनि सताएको छ ।