माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले जित निश्चित भएको दावी गरेका छन् ।


ADVERTISEMENT


लुम्विनी प्रदेशका पाँच दलीय गठबन्धनका उमेद्वारहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि आफूहरुको जित निश्चित भएको दाबी गरेका हुन । राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वारले अंकगणितका हिसाबले पनि सहजै जित निकाल्ने समेत जनाएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा (एकिकृत समाजवादी)का राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट तुल प्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा उत्रेका छन । पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले गठबन्धनको जीत सुनिश्चित भएपनि भोट बढाउने योजनाका साथ मैदानमा उत्रनुपर्ने बताए ।

उनीहरुले प्रदेशसभा सदस्य, पालिकाका प्रमुख उपप्रमुखहरुलाई मत दिएर गठबन्धनलाई जिताउन अपिल गरेका छन । लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ ।