काठमाडौँ – प्रदेश नम्बर २ लाई नामाकरण गरिएको छ । सोमबार प्रदेशसभामा प्रदेश २ को मधेश नाम राख्न गरिएको प्रस्तावको पक्षमा दुई तिहाई मत खसेको हो ।


ADVERTISEMENT


१०४ जना सदस्य रहेको प्रदेश नं. २ को प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ जना सांसद सहभागी भएका थिए । जसमध्ये प्रदेश २ को नाम मधेश राख्ने प्रस्तावको पक्षमा ८० जना प्रदेश सांसदले मतदान गरेका छन् । उक्तसंख्या प्रदेशसभाका सम्पूर्ण सदस्यको दुई तिहाई भएकाले प्रदेश २ को नाम मधेश प्रदेश नामाकरण भएको हो ।


ADVERTISEMENT

# # #


मतपरिणाम सुनाउँदै सभामुख सरोजकुमार यादवले नेपालको संविधानको धारा २९५ (२) को उपधारा २ र प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ३७ (क)को नियम २७ अनुसार प्रदेश २ को नाम मधेश प्रदेश भएको घोषणा गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्क्रिय भएको छ ।

यसअघि आजै प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरेको ।