सुनसरी– कटुवा पेस्तोल र गोली सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


इनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित हरिनगरा गाउँपालिका–७ घुस्की बस्ने २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


मियाँलाई हातहतियार लिएर ज २ प ५१९४ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीसंगबाट उक्त हतियार बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।