काठमाडौँ – नेपालमा सोमबार १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ८ हजार ९ सय ६५ पीसीआर परीक्षणका क्रममा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप २ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ४ सय ८५ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ८ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।